नेपाल सरकार
भूमिसुधार तथा व्यवस्था मन्‍न्रालय
भूमिसुधार तथा व्यवस्थापन विभाग
मालपोत कार्यालय डिल्लीबजार, काठमाण्डौं
डिल्लीबजार, काठमाण्डौं

गृह पृष्‍ठ

आधुनिक तरिकाले जग्गा, जग्गावाला र मोहीको लगत खडा गरी मालपोतका जग्गा हाल आवादी सम्बन्धी व्यवस्थामा समायोचित सुधार गरी सर्वसाधारण जनताको सुधार तथा आर्थिक हित कायम राख्नको लागि वि.सं. १९९६ साल अगावै मालपोत विभाग र २०२१ सालमा भूमिसुधार विभागको स्थापना भै छुट्टाछुट्टै काम गर्दै आएकोमा मिति २०५७।३।२६ मा दुवै विभाग गाभिई भूमिसुधार तथा व्यवस्थापन विभाग भयो ।
भूमि सम्बन्धी ऐन २०२१ अनुसार जिल्लामा शुरुमा भूमिसुधार कार्यालय तथा माल अड्डाका रुपमा स्थापना भै काम गर्दैै आएकोमा भूमि प्रशासन ऐन २०२४ बमोजिम भूमिसुधार कार्यालय तथा माल अड्डाका रुपमा स्थापित यस्ता अड्डा स्वतः खारेज भै सो कार्यालयले गर्ने सम्पूर्ण काम कारवाही भूमि प्रशासन कार्यालयले गर्ने गरी स्थापना भयो । स्थापना पश्चात् यसै कार्यालयबाट भूमि सम्बन्धी काम कारवाही गर्दै आएकोमा मालपोत ऐन २०३४ बमोजिम तत्कालीन श्री ५ को सरकारले आवश्यकता अनुसार मालपोत कार्यालय स्थापना गर्दै जाने नीति अनुरुप प्रथम चरणमा २७ (सत्ताइस) जिल्लामा लागु हुने गरी मिति २०३५।१।१ देखि भूमि प्रशासन कार्यालयले गर्दै आएको काम कारवाही गर्ने गरी जिल्ला मालपोत कार्यालय स्थापना गरियो । सोही अनुरुप प्रथम चरणमै जिल्ला मालपोत कार्यालय, चारखाल डिल्लीबजार, काठमाडौंमा स्थापना भै काठमाडौं जिल्ला भित्रको सम्पूर्ण भूमि सम्बन्धी काम गर्दै आएकोमा काठमाडौं जिल्ला राजधानी भएको कारणले शिक्षा, स्वास्थ्य, रोजगार लगायतका कारण सजिलै प्राप्त गर्न सकिने सम्भावनालाई ध्यानमा राख्दै दिनमा एक गुणा रातमा चार गुणाका दरले मानिसहरुको जनघनत्व दिन प्रतिदिन बढ्दै जाने क्रम र स्थायी संरचना निर्माण हुने कार्यले जग्गाको प्रकृति कषिमा चक्लाबन्दी हुनुपर्नेमा घडेरीका रुपमा खण्डीकरण पार्ने कार्य बढ्दै, गएको एउटै कार्यालयबाट सहज रुपले सेवा प्रदान गर्न सेवाग्राहीको चापले असुविधा भएका कारण सरकारको निर्णय अनुसार डिल्लीबजार मालपोत कार्यालयले गर्ने कार्यक्षेत्र २०४९ सालमा कलंकी र चावहिलमा मालपोत शाखाको रुपमा स्थापना गरी सेवा दिने काम अगाडि बढाइयो र पछि पूर्ण अधिकार दिने काम भयो । त्यसै क्रममा नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७१।४।९ तथा मन्त्रिपरिषद् प्रशासनिक समितिको ०७१।६।३० को निर्णयानुसार यस डिल्लीबजार मालपोत कार्यालयले हेर्ने गाउँ क्षेत्रमा पर्ने १० गाउँ विकास समितिलाई छुट्याई मिति २०७१।१२।२० देखि मनमैजु मालपोत कार्यालयले हेर्ने गरी कार्यालय स्थापना गरियो र हाल यस मालपोत कार्यालय क्षेत्रभित्र काठमाडौं महानगरपालिकाका वडाहरु १, २, ३, ४, ५, ८, ९, १०, ११, १२, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१, ३२, ३३, ३४ र ३५ तथा साविक गोंगबु गाउँ विकास समितिको मालपोत सम्बन्धी काम यस कार्यालयले सम्पादन गर्दै आएको छ ।

हाल भूमिसुधार तथा व्यवस्था मन्त्रालय, भूमिसुधार तथा व्यवस्थापन विभाग अन्तर्गत देशैभरी १०४ वटा मालपोत कार्यालय र २१ वटा भूमिसुधार कार्यालयहरु रहेका छन् । त्यसमध्ये यो कार्यालय एक हो ।

यो वेवसाईट

© सर्वाधिकार सुरक्षित