मुख्य कार्यहरू
१. प्रशासन शाखा
क) कर्मचारी प्रशासन शाखा
- कर्मचारी व्यवस्थापन (नियुक्ति, पदस्थापन, काज, सरुवा, वढुवा),
- विभागिय कारवाही तथा पुरस्कार सम्बन्धी कार्य,
- कर्मचारीहरुको व्यक्तिगत विवरण अद्यावधिक गर्ने,
- कार्यसम्पादन मुल्यांकन व्यवस्थापन,
- मानव संशासन विकास र परिचालन (तालिम),
- विदा सम्बन्धी कार्य,
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निर्णय, निर्देशन कार्यान्वयन तथा अदालतको फैसला कार्यान्वयन,
- जनशक्तिको व्यवस्था गर्ने,
- संगठन संरचना र दरवन्दी सिर्जना सम्बन्धी,
- अभिलेख व्यवस्थित रूपमा राख्ने र राख्न लगाउने।
ख) आर्थिक प्रशासन (लेखा) शाखा
- बजेट व्यवस्थापन सम्बन्धी कार्यहरु (निकासा र अख्तियारी),
- बजेट लेखांकन,
- लेखा परीक्षण र बेरुजु फछ्र्यौट ।
ग) आन्तरिक प्रशासन शाखा
- आन्तरिक प्रशासन चुस्त तुरुस्त गर्ने,
- हेल्प डेक्सबाट सेवा प्रदान गर्ने,
- कार्यालय परिशर र कार्यकक्षको सरसफाई तथा सुरक्षाको प्रवन्ध गर्ने,
- भौतिक सम्पत्तिको संरक्षण र सम्बर्धन गर्ने,
- मालसामान जिन्सी खरिद, दाखिला, खर्च, जिन्सी निरिक्षण, लिलाम सम्बन्धी कार्य व्यवस्थापन,
- महानिर्देशकको निजी सचिवालय व्यवस्थापन गर्ने ।
२. योजना शाखा
क) योजना , अनुगमन तथा मुल्यांकन शाखा
- वार्षिक विकास कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्ने, गराउने,
- जिल्ला स्थित कार्यालयका कार्यक्रम तर्जुमा र कार्यान्वयन,
- मासिक, चौमासिक र बार्षिक प्रगति समिक्षा,
- भूमि व्यवस्थापन सुदृढीकरण कोष परिचालन र व्यवस्थापन,
- राजश्वको लक्ष्य निर्धारण र वांडफांड,
- राजश्व असूली वांडफांड र प्रगति मुल्यांकन,
- शासकीय सुधार कार्ययोजना कार्यान्वयन,
- भौतिक पूर्वाधार निर्माण र प्रगति मूल्यांकन,
- मालपोत अभिलेख सुरक्षा तथा सुदृढीकरण आयोजना संचालन र कार्यान्वयन,
- कार्यालयहरूको भौतिक संरचनाको विकास तथा सुधार गर्ने,
- निरीक्षण अनुगमन तथा मूल्याङ्कन कार्ययोजना कार्यान्वयन,
- मासिक तथा वार्षिक प्रगति विवरण तयार गर्ने,
- जनशक्ति विकासका लागि आवश्यक तालिम, गोष्ठीको व्यवस्था मिलाउने,
- नीति निर्माणका लागि आवश्यक सूचना प्रवाह गर्ने ।
ख) जग्गा प्रशासन शाखा
- नक्शा संशोधन,
- क्षेत्रफल सुधार,
- निर्णय बदर सम्बन्धी कार्य,
- जग्गा दर्ता सहमती सम्बन्धी कार्य,
- नेपाल सरकारको नामको जग्गा संरक्षण र व्यवस्थापन,
- भोगाधिकार /लिजसम्बन्धी कार्य,
- हालसाविक सम्बन्धी निर्देशनात्मक कार्य,
- रोक्का फुकुवा व्यवस्थापन सम्बन्धी,
- नीति निर्माण कार्यमा मन्त्रालयलाई सहयोग गर्ने,
- जग्गा प्रशासनका समस्या समाधानका लागि कार्यालयहरूलाई निर्देशन दिने,
- श्रेस्ता तथा अभिलेखहरू सुरक्षित र व्यवस्थित रूपमा राख्ने व्यवस्था गर्ने,
- ऐन तथा नियम निर्माण गर्न मन्त्रालयलाई सहयोग गर्ने ।
ग) भूमिसुधार शाखा
- हदबन्दी सम्बन्धी (कम्पनी संघ संस्थालाई हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न वा म्याद थप गर्न सिफारिस गर्ने),
- बचत ब्यवस्थापन, हदवन्दी सम्बन्धी नीतिगत निर्देशन,
- अन्य (मोही नामसारी, वांडफांड सम्बन्धी) निर्देशनात्मक कार्यहरु,
- भूमिमाथिको द्वैध स्वामित्व अन्त्य गर्ने व्यवस्था गर्ने,
- भू–उपयोगको उचित व्यवस्था गर्न सहयोग गर्ने ।
घ) तिरो , वचत तथा ऋण संचालन शाखा
- प्र.म. तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त जनगुनासोहरुको व्यवस्थापन,
- अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रवाट प्राप्त जनगुनासोहरुको व्यवस्थापन,
- विभिन्न पत्रपत्रिकामा प्रकाशित जनगुनासोहरुको व्यवस्थापन,
- भू.सु.व्य.म. र अन्य निकायबाट प्राप्त जनगुनासोहरुको व्यवस्थापन,
- यस विभागमा सोझै प्राप्त जनगुनासोहरुको व्यवस्थापन,
- राजश्व र तिरो सम्बन्धी कार्यहरु,
- कार्यालयगत राजस्व असुलीको लक्ष्य निर्धारण गर्ने,
- दस्तुर तथा शुल्क निर्धारणका लागि मन्त्रालयमा सुझाव प्रस्तुत गर्ने,
- जग्गाको न्यूनतम मूल्याङ्कन पद्धतिलाई समयानुकूल सुधार गर्ने,
- राजस्व प्रशासन सम्बन्धमा कार्यालयहरूलाई आवश्यक निर्देशन दिने ।
ङ) ऐन , नियम तथा परामर्श शाखा
- फैशला कार्यान्वयन सम्बन्धी कार्यहरु,
- लिखित जवाफ सम्बन्धी कार्यहरु,
- ऐन नियमहरुको परामर्श ।
३. नाप नक्सा समन्वय शाखा
- अभिलेखहरुको संरक्षण,
- नापनक्सा सम्बन्धी व्यवस्थापकिय कार्य,
- नापनक्सा सम्बन्धी समस्याहरुको समाधान प्रदान गर्ने,
- नापनक्सा सम्बन्धी कार्य सम्पादन गर्न मालपोत र नापी कार्यालयहरुको बीच समन्वय गर्ने ।
४. भू-सूचना प्रविधि शाखा
- कम्प्यूटर प्रणालीको विकास र ICT (Information and Communication Technology) Project संग सम्बन्धित सम्पूर्ण कार्यहरु,
- वेबसाइट डिजाइन र नियमित अध्यावधिक,
- विभागमा सुचारुरुपले इमेल, इन्टरनेट सञ्चालन,
- जग्गा प्रशासनमा सूचना प्रविधिको प्रयोग सम्बन्धी आवश्यक नीति निर्माण गर्ने,
- विद्युतिय हाजिरी प्रणाली सञ्चालन गर्ने,
- हार्डवेयर मर्मत तथा नेटवर्किङ सञ्चालन,
- कार्यालयमा सञ्चालनमा रहेका सफ्टवेयरको नियमित अनुगमन तथा निरीक्षण,
- नियमित डाटा व्याकअप,
- आधुनिक यान्त्रिक संजाल प्रविधिको प्रयोगबाट श्रेस्ता अभिलेख व्यवस्थित गरी छिटो, छरितो एवं स्तरीय सेवा प्रदान गर्ने व्यवस्था मिलाउने,
- IT सम्बन्धी तालिम सञ्चालन गर्ने ।
ख. मालपोत कार्यालय
यस कार्यालयले सम्पादन गर्ने प्रमुख कार्यहरू :
- जग्गा प्रशासनसम्बन्धी :
- छुट जग्गा दर्ता गर्ने,
- जग्गा रोक्का तथा फुकुवा गर्ने,
- हकसफासम्बन्धी कार्य गर्ने,
- अर्धन्यायिक निकायले गर्ने जग्गा प्रशासनसम्बन्धी निर्णय गर्ने,
- गुठी कार्यालय नभएको जिल्लामा गुठीको जग्गा प्रशासन सम्बन्धी कार्य गर्ने,
- भूमिसुधार कार्यालय नभएको जिल्लामा भूमि सुधारसम्बन्धी कार्य गर्ने ।
- अभिलेख व्यवस्थापन
- जग्गाधनी दर्ता श्रेस्ताको सुरक्षा व्यवस्थापन, अद्यावधिक तथा मर्मत सुधार गर्ने,
- जग्गाधनी दर्ता किताब खडा गर्ने,
- तामेली अभिलेख सुरक्षा तथा व्यवस्थापन गर्ने,
- रोक्का लगत व्यवस्थापन गर्ने ।
- योजना तथा तथ्याङ्क
- कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्ने,
- मासिक, चौमासिक तथा वार्षिक कार्यप्रगति मन्त्रालय तथा विभागमा पठाउने,
- मन्त्रालय तथा विभागलाई आवश्यक भू―सूचना प्रवाह गर्ने ।
ग. भूमिसुधार कार्यालय
यस कार्यालयले सम्पादन गर्ने प्रमुख कार्यहरू :
- जग्गाको हदबन्दी तथा बिक्री वितरणसम्बन्धी कार्यहरू गर्ने,
- मोहीको लगत अद्यावधिक राख्ने,
- जग्गाधनी र मोहीलाई जग्गा बाँडफाँड गर्ने,
- जग्गाधनी र मोही बीचको अन्य विवादहरू समाधान गर्ने,
- अनिवार्य बचत तथा ऋण असुलीसम्बन्धी कार्यहरू गर्ने,
- कर्मचारी प्रशासन तथा आर्थिक प्रशासनसम्बन्धी कार्यहरू गर्ने ।